सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
सहयात्रा टिभी
काठमाडौँ । भदाै २४, आज नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।