कर्मचारीले गरे विमानस्थल भन्सारका सबै सेवा ठप्प
सहयात्रा टिभी
काठमाडौँ । भदौ २५, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् ।
२ साउनमा विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सोमबार औषधि बाहेकको भन्सार जाँचपास ठप्प पारेका छन् ।
६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ ।
सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसंग पनि बयान लिइरहेको छ भने केही कर्मचारी बिरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।