आज रुसी राष्ट्रपति भ्लादिमिर र उत्तर कोरियाली नेता किम जोङ बिच भेटवार्ता हुदै

काठमाडौं । भदौ २६, उत्तर कोरियाली नेता किम जोङ उन रुस पुग्नुभएको छ ।
उहाँ उत्तर कोरियाबाट रेल चढेर रुस पुग्नुभएको बीबीसीले जनाएको छ । किमले रातभर रेलयात्रा गर्नुभएको हो । उहाँले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले उहाँको साथमा सैनिक कर्मचारीसहित उच्च सरकारी अधिकारीहरूको समूह पनि रहेको जनाएको छ ।
किम चार वर्ष पछि रुस पुग्नुभएको हो । कोरोना महामारी शुरु भएपछि उहाँको यो पहिलो विदेश भ्रमण समेत हो ।
अमेरिकी अधिकारीहरुले उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराउने सम्भावनाबारे छलफल हुने बताएका छन् ।