बाजुराका निर्वाचन अधिकृत वेपत्ता

सहयात्रा टिभी

बाजुरा । बाजुराका एक निर्वाचन अधिकृत वेपत्ता भएका छन् । बाजुराको उत्तरीे पाण्डवगुफा गाउँपालिका–४ मास्थिते मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा अधिकृत गिरी बीच बाटोदेखि सम्पर्क बाहिर रहेको बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले बताएका छन् । सम्पर्कविहीन गिरी प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका कर्मचारी हुन् । गिरी मदिरा सेवन गर्ने भएकाले उनी कतै होटलमा बसेको प्रहरीको अनुमान छ । सम्पर्कविहीन गिरीको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

पोरखे लेकसम्म गिरी मतपेटिकासँगै रहेको भए पनि साँझ पर्न थालेपछि उनी सम्पर्कविहीन भएको उनका सहयोगी कर्मचारीले बताएका छन् । गिरीको मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगे पनि मतपेटिका बुझाउन बाँकी रहेको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिरै मतपेटिका राखिएका छन् ।

प्रकाशित : 28 November, 2017

प्रतिक्रिया दिनुहोस्