भारतको राजस्थानमा बस र ट्रक आपसमा ठोक्किदा ११ को मृत्यु
सहयात्रा टिभी
काठमाडौँ । भदौ २७, भारतको राजस्थानमा ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको ज्यान गएको छ । भने १५ जना घाइते भएका छन् ।
गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बसलाई ट्रकले राजस्थानको भरतपुर भन्ने स्थानमा ठक्कर दिएको थियो ।
जयपुर-आगरा सडक अन्तर्गत नदबई इलाकाको हन्तरा पुलमा बुधबार बिहान बस बिग्रिएर रोकिएको थियो । त्यही बेला पछाडिबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा ६ महिला र ५ जना पुरुष छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार जारी छ ।