सुन तस्करीका लागि ७ कम्पनी खोलिएको सीआईबीद्धारा पुष्टी

सहयात्रा टिभी

काठमाडौँ । भदौ २७, सुन तस्करी गर्नका लागि ७ कम्पनी खोलिएको सीआईबीद्धारा पुष्टी गरीएको जानकारी प्राप्त भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सुन तस्करीको थप अनुसन्धान जारी नै राख्ने भएको छ ।

२ साउनमा बरामद भएको ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो बढी सुनको अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदैछ । यो समूहले ब्रेक शुमै लुकाएर थप ३०२ किलो सुन ल्याएको सीआईबीको निष्कर्ष छ ।

सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार यो समूहले तस्करीका लागि नेपाली नागरिकहरुलाई प्रयोग गरेर ७ वटा कम्पनी खोलेका थिए ।

त्यसमध्ये एउटा कम्पनीबाट सामान आयात भएर भन्सारबाट पास भएको थिएन । अरु कम्पनीले भने विद्युतीय उपकरणहरु ल्याएर भन्सार पास हुने गरेको पाइएको छ । त्यस्ता समानमा सुन ल्याएको सीआईबीको आशंका छ ।

ब्रेक प्याड (शु) ल्याएको रेडी ट्रेडले मात्र २ साउनमा सिनामंगलबाट बरामद भएको ६० सहित ३६२ किलोभन्दा बढी सुन ल्याएको सीआईबीको निष्कर्ष छ ।

तस्करीमा अन्तर्राष्ट्रिय गिरोह संलग्न भएको सीआईबीको निष्कर्ष छ । यो अन्तर्राष्ट्रिय अपराध भएको भन्दै यसमा ताइवान, हङकङ र मकाउमा बस्ने चिनियाँ नागरिक, भारत र नेपाली नागरिकको संलग्नता देखिएको र पर्फेक्ट अर्गनाइजनल क्राइम गर्ने समूहहरुले जसरी काम गरेको पाइएको समेत उनले सुनाइन् ।

 

प्रकाशित : 13 September, 2023

प्रतिक्रिया दिनुहोस्