सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकले बृद्धि

काठमाडौँ । भदौ २७, साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकले बृद्धि भएको छ ।
सेयर बजार परिसूचक नेप्से ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको छ ।
७ भदौमा २०१३.९३ विन्दुमा बन्द भएको सेयर बजार त्यसयता निरन्तर घट्दै आएको थियो । तेस्रो सातापछि अर्थात बुधबार सेयर बजार दुई हजार विन्दुभन्दा माथि उक्लिएको हो ।
बुधबार २७५ धितापत्रको ३६ हजार ४५ वटा कारोबार हुँदा ५१ लाख ४४ हजार ७२४ रुपैयाँको सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।