वाम गठबन्धनको सभाले समस्यामा सर्वसाधरण

सहयात्रा टिभी

काडमाण्डौं । प्रतिनिधि तथा प्रदेशससभा चुनावी सभाका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र (वाम गठबन्धन) का कार्यकर्ताले काठमाण्डौंको बानेश्वर सभा गर्न गाडी रोकेपछि सर्वसाधरण जाममा परेका छन् ।

वाम गठबन्धनले मंगलबार दिउँसो सभाका गर्ना लागि बानेश्वर चोकबाट उत्तरतिर जाने बाटोमा मोटरसाइकल समेत चल्न नदिएपछि थापा गाउँ तथा पुरानो बानेश्वर जानेलाई समस्या भएको छ । बानेश्वर चोकमा नै सभाको तयारी भइरहेकाले तीनकुने र बबरमहलसम्मकै सडकमा पनि गाडी जाममा फसेका छन् ।

वाम गठबन्धनले काठमाडौं क्षेत्र नम्बर–१ को चुनावी सभा बानेश्वरमा गर्न लागेको हो । सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादललगायतले सम्बोधन गर्ने तयारी रहेको जनाइएको छ ।

प्रकाशित : 28 November, 2017

प्रतिक्रिया दिनुहोस्