कोइकाले पोखराको फोहोर व्यवस्थापनमा सहयोग गर्ने

सहयात्रा टिभी

काठमाडौँ । भदौ २९, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाले पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापनमा सहयोग गर्ने भएको छ ।

पोखरा महानगरपालिका र कोइकाबीच फोहोर व्यवस्थापन गर्न ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’मार्फत हरित रोजगारी सिर्जना परियोजना सञ्चालनसम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ ।

प्रतिबद्धता पत्रमा कोइकाले हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने दीगो ‘रिसाइकल र अपसाइकल’ (आरयू) उद्यमहरूलाई बढवा दिन उपयुक्त माध्यम सिर्जना गर्ने उल्लेख गरेको छ ।

त्यस्तै ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा ‘आरयू’ उद्यमहरूलाई वित्तीय, प्राविधिक र बजार प्रदान गर्नेसमेत प्रतिबद्धता पत्रमा उल्लेख छ ।

 

प्रकाशित : 15 September, 2023

प्रतिक्रिया दिनुहोस्