गोहीको आक्रमणबाट एकजनाको मृत्यु
सहयात्रा टिभी
चितवन । भदाै ३१, चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेका थिए ।
शनिवार साँझ माछा मार्न जानेक्रममा महतोलाई गोहीले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।


