३४ जनालाई कैद मिनाहाको आधार स्पष्ट गर्न गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयको पत्राचार

सहयात्रा टिभी

काठमाडौँ । भदाै ३१, राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई कैद मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

राष्ट्रपति कार्यालयले कैद मिनाहाका लागि प्रस्ताव गरिएका ३४ जनालाई मिनाहाको सिफारिसको आधार स्पष्ट पार्न तथा उनीहरूको व्यक्तिगत विवरण पठाउन पनि भनेको छ ।

गृह मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भए बाहेक ३४ जनाको सूची पठाएपछि राष्ट्रपति कार्यालयले यसबारेमा चासो राखेको हो । सिफारिस गरिएका ३४ जनामध्ये अधिकांश ज्यानमुद्दा, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्तिहरू छन् ।

सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा ६७० जना कैदीबन्दीलाई माफी दिने तयारी गरेको छ । कारागार व्यवस्थापन विभागले कैद माफीका लागि ८०० जनाको सूची पठाएकोमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ६७० जनाको कैद मिनाहाका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

प्रकाशित : 17 September, 2023

प्रतिक्रिया दिनुहोस्