नेप्सेमा उच्च अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौँ । भदौ ३१, वाणिज्य बैंकको निक्षेपको ब्याजदर ११ प्रतिशत नाघेपछि त्यसको असर यता सेयर बजारमा पनि देखिएको छ ।

सातको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ४२.१४ अंकको उच्च गिरावट हुँदा १९६४.९१ को विन्दुमा बन्द भएको छ ।

गत बिहीबार ३९.४८ अंकले वृद्धि भएर २००७.०६ को विन्दुमा नेप्से बन्द भएको थियो । ७ भदौपनि २ हजारको विन्दुमा पुगेको नेप्से आइतबार २.०९ प्रतिशतले गिरावट भएर पुनः २ हजारको विन्दुबाट झरेको हो ।

नेप्सेका सबै उपसूचकमा गिरावट हुँदा व्यापार उपसूचक सर्वाधिक ३.३३ प्रतिशत, वित्त कम्पनी उपसूचक ३.३० प्रतिशत र होटल तथा पर्यटन उपसूचक ३.२९ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम बढेर २ अर्ब नाघेको छ । आइतबार नेप्सेमा ४२ हजार ४७७ वटा कारोबारमा ५६ लाख ५९ हजार ४५८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब २ करोड ८५ लाखको कारोबार भएको छ ।

प्रकाशित : 17 September, 2023

प्रतिक्रिया दिनुहोस्