पुष्पराज शाहीलाई सम्पत्ति शद्धीकरणका महानिर्देशकको जिम्मेवारी

काठमाडौँ । भदौ ३१, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक फेरिएका छन् ।
सरकारले पुष्पराज शाहीलाई सम्पत्ति शुद्धीकरण अनसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।
२९ भदौमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसहिचव शाहीलाई प्रधामनन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेर पठाएको थियो । उनै शाहीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी पाएका हुन् ।
विभागका हालका महानिर्देशक तारानाथ अधिकारीलाई नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा आर्थिक मामिला हेर्ने कूटनीतिज्ञ (इकोनोमिक मिनिस्टर) का रुपमा काम गर्ने गरी सरुवा गरिएको स्रोतले जानकारी दियो ।
अधिकारीले परराष्ट्र मन्त्रालय अन्तरगत रहेर दिल्लीमा काम गर्नेछन् । हालसम्म उक्त पद रिक्त थियो ।
अधिकारी २८ भदौ २०७९मा विभागको महानिर्देशक बनेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको यो विभागमा प्रधानमन्त्रीले चाहेअनुसार नै महानिर्देशक खटाउने गरिएको छ ।