केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साढे ३ घण्टा डाउन भएको अध्यागमनको सर्भर सञ्चालनमा

सहयात्रा टिभी

काठमाडौं । असोज २, अध्यागमन विभागको आन्तरिक सर्भर साढे ३ घण्टापछि सञ्चालनमा आएको छ ।

सोमबार बिहान १० बजेदेखि डाउन भएको सर्भर साढे १ बजेदेखि सञ्चालनमा आएको विभागका सूचना अधिकारी खेमराज भुसालले जानकारी दिए ।

सर्भर डाउन भएपछि यात्रुहरुलाई म्यानुअल प्रणालीबाट सेवा प्रवाह गरेको भुसालले दाबी गरे । सर्भर डाउनका कारण विमानका यात्रुहरुलाई केही समय लाइन लाग्नु परेको विभागले जनाएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले सर्भर डाउनका कारण केही समस्या भएको तर अब हल हुने अवस्थामा पुगेको जानकारी आएको बताए ।

 

 

प्रकाशित : 19 September, 2023

प्रतिक्रिया दिनुहोस्