दाङ्गमा बम विष्फोट, म्यादी प्रहरीको मृत्यु
सहयात्रा टिभी
दाङ्ग । दाङको तुलसीपुरमा गराएको बम विष्फोटमा घाइते एक म्यादी प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ ।
अज्ञात समूहले गराएको विष्फोटमा गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका–१८ का विनोद चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान साढे २ बजे ज्यान गएको दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले बताएकी छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको क्रममा मृत्यु भएको यो पहिलो घटना हो ।
गम्भीर घाइते भएका अन्य तीन जनाको पनि कोहलपुर मेडिकल कलेजमै उपचार भइरहेको छ । अरु पाँच जनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेहरुमा म्यादी प्रहरी देबी डिसी, सुनिता चौधरी, नरदेवी बुढाथोकी, बमराज सुनार, नेवबहादुर केसी, पार्वती केसी र हिमलाल रसाइली छन् ।