नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौँ । असोज २, सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ ।
दिनभरजसो उतारचढाव भएर रातो देखिएको बजार अन्तिम समयमा बढेर बन्द भएको हो ।
सोमबार तीजको दिन लगानीकर्तामा न्यून सक्रियता देखिंदा नेप्से सामान्य बढेपनि कारोबार रकम घटेको थियो ।
मंगलबार भने नेप्सेसँगै कारोबार रकम पनि केही सुधार भएको छ । मंगलबार सेयर बजारलाई हाइड्रोपावर कम्पनीहरुले ड्राइभ गरेका छन् ।