दुग्ध कारखानामा आगलागी, ७० लाख बढीको क्षति

सहयात्रा टिभी

इलाम / इलामको सूर्योदय नगरपालिकास्थित हर्कटे बजारमा रहेको एक दुग्ध कारखानामा आगलागी हुँदा ७० लाख बढीको क्षति भएको छ ।
स्थानीय खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीले सञ्चालन गरिरहेको डेरी उद्योगमा बुधबारविहान आगलागी हुँदा डेरीका विभिन्न उपकरण जलेर नष्ट भएका छन् । ६० लाख लागतमा भर्खरै सञ्चालनमा आएको डेरीमा आगोलागेपछि फिक्कलबाट दमकल पठाएर आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

आगलागीबाट के–के सामग्रीमा क्षति पुग्यो र कतिको धनमाल नष्ट भयो भन्नेबारे विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । डेरीले स्थानीय किसानबाट दूध संकलन गरी दूधका विभिन्न परिकार बनाउँदै आएको थियो ।

प्रकाशित : 29 November, 2017

प्रतिक्रिया दिनुहोस्