त्रिशुलीमा बस खस्यो, ६ को मृत्यु, दुई दर्जन यात्रु बेपत्ता

सहयात्रा टिभी

काठमाण्डौं । त्रिशुली नदीमा बुधबार विहान बस खस्दा पाँच जनाको मृत्यु भएको छ भने दुई दर्जन यात्रु वेपत्ता भएका छन् ।
धादिङको फिस्लिङ खण्डको त्रिुशली नदीमा काठमाण्डौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु २ ख २९१ नम्बरको बस ट्रकसँग ठोक्किएर त्रिशुली नदीमा खसेको हो ।

१५ जना घाइतेलाई प्रहरीले उद्दार गरेको छ । बस नदीमा डुबेको छ । बसभित्र कति यात्रु थिए भन्ने खुल्न सकेको छैन । बसमा ४० भन्दा बढी यात्रु रहेको आंशका गरिएको छ । घटनास्थलमा अहिले सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर उद्दार गरिरहेको इलाका प्रहरी कार्यालय मुग्लिङ्गका प्रहरी निरीक्षक धर्म केसीले जानकारी दिए ।

प्रकाशित : 29 November, 2017

प्रतिक्रिया दिनुहोस्