भारत र क्यानडा बीचको तनावले शुभनीत सिंहको कन्सर्ट रद्द

सहयात्रा टिभी

काठमाडौँ । असोज ३,भारत र क्यानडा बीचको  कूटनीतिक तनावले पञ्जाबी मूलका क्यानडेली गायक शुभनीत सिंह ‘शुभ’को भारतको कन्सर्ट रोकिएको छ । अनलाइन टिकेटिङ प्लेटफर्म बुक माइ शोले कन्सर्ट रद्द गरेको घोषणा गरेको छ ।

साथै, कन्सर्टका प्रायोजक अमन गुप्ताले पनि टुरबाट हात झिकेको घोषणा गरेका छन् । खालिस्तानी पृथकतावादीलाई सघाएको भन्दै आलोचना खेपिरहेको बुक माइ शोले बुधबार कन्सर्ट स्थगित गरेको हो ।

शोका लागि टिकट खरिद गरेका दर्शकलाई शुल्क फिर्ता दिने समेत प्लेटफर्मले उल्लेख गरेको छ । यसैबीच, गायक शुभले खालिस्तान अतिवादलाई मद्दत मिल्ने गरी यस वर्षको सुरुमा अभिव्यक्ति दिएको पाइएकाले कन्सर्टको प्रायोजकबाट आफू पछि हटेको अमन गुप्ताको कम्पनी बोटले उल्लेख गरेको छ ।

साथै, गायक शुभलाई भारतीय क्रिकेटरहरु विराट कोहली, केएल राहुल लगायतले अनफलो गरेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

प्रकाशित : 20 September, 2023

प्रतिक्रिया दिनुहोस्