स्पिनर ललित नारायण राजवंशीले एसियन गेम्स गुमाउने 

सहयात्रा टिभी

काठमाडौँ । असोज ४, नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित नारायण राजवंशीले एसियन गेम्स गुमाउने भएका छन् ।

 

बायाँ हाते स्पिनर ललितको दायाँ क्लाभिकल फ्राक्चर (कलर बोन) भएको हो । बुधबार अभ्यासका क्रममा फिल्डिङ गर्ने क्रममा घाइते भएका ललितको आज बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरिएको छ ।

ललितले कम्तिमा पनि ४ हप्ता आराम गर्नुपर्ने जानकारी प्राप्त भएको छ ।

ललितको बलिङ आर्म सुरक्षित भएका कारण दायाँ पट्टी लागेको चोट रिकोभर गरि उनलाई मैदान फर्काउन डाक्टरहरुको विशेष प्रयास हुने उनले जानकारी दिएका हुन् ।

स्पिनमा सन्दीप लामीछानेसँग राम्रो सहकार्य गरिरहेका ललित टिममा नभएपछि त्यसको असर प्रदर्शनमा पर्ने छ ।

ललितको स्थानमा कसलाई प्रतिस्थापन गर्ने भन्ने निर्णय गरिनसकेको क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकले जानकारी दिए । ‘म्यानेजमेन्ट टिमले केही छलफल गर्दै छ ।
यसअघि राष्ट्रिय टिमका कमल सिंह ऐरीको पनि खेलका क्रममा यसरी नै बायाँतर्फको क्लाभिकल फ्राक्चर भएको थियो ।

 

प्रकाशित : 21 September, 2023

प्रतिक्रिया दिनुहोस्