यु–१५ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

सहयात्रा टिभी

काठमाण्डौं । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ महिला १५ वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

तालिका अनुसार नेपाली टोलीले पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्नुपर्ने छ । त्यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा पुस ४ गते भारतको सामना गर्नेछ भने तेस्रो तथा अन्तिम खेल पुस ६ गते भुटानसँग खेल्ने छ । राउण्ड रोविन लिगअनुसार हुने उक्त खेलमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले पुस ९ गते फाइनल खेल्ने छन् । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानका गरी चार टोलीले प्रतिष्पर्धा गर्नेछन् ।

महासंघले बुधबार सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा आगामी पुस २ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

प्रकाशित : 29 November, 2017

प्रतिक्रिया दिनुहोस्