एसियाली खेलकुद चीनको हाङचोउमा आजदेखि

सहयात्रा टिभी

काठमाडौं । असोज ६, हालसम्मकै ठूलो आकारको प्रतियोगिता ‘एसियाली खेलकुद’ आजदेखि चीनको हाङचोउ सहरमा हुँदैछ ।

यस प्रतियोगितामा ४५ देशका १२ हजार खेलाडी सहभागी हुँदै छन् । नेपालकातर्फबाट २५३ खेलाडीले २९ वटा खेलमा भाग लिँदै छन् । अमेरिकाबाट भ्रमणका लागि चीन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि एसियाली खेलकुद सहभागी हुँदै छन् ।

स्पोर्टस् पार्क स्टेडियममा विषेश कार्यक्रमका बीच राष्ट्रपति सी चिनफिङले प्रतियोगिताको उद्घाटन गर्नेछन् । नेपालका प्रधानमन्त्री दाहाल पनि उद्घाटन समारोहमा सहभागी हुने छन् ।

यस्तै कम्बोडियाका राजा नोरोदोम सिहामोनी, सिरियाका राष्ट्रपति बसर अल असदलगायत दक्षिण कोरिया, कतारलगायतका देशका उच्च पदस्थ पनि प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

कोभिड- १९ का कारण एक वर्ष ढिलो भएको एसियाडमा यस पटक इतिहासमै सबैभन्दा धेरै एथ्लिट सहभागी हुँदैछन् । चीनमा हुन लागेको यो तेस्रो एसियाली खेलकुद हो । यसअघि बेइजिङ र ग्वाङचउमा प्रतियोगिता आयोजना भएको छ ।

प्रकाशित : 23 September, 2023

प्रतिक्रिया दिनुहोस्