उद्धार अभावमा त्रिशुली बस दुर्घटनाका घाइते अलपत्र

सहयात्रा टिभी

काठमाण्डौं । उद्धारमा कसैले ठोस पहल नगरेपछि त्रिशुली बस दुर्घटना घाइते अलपत्र परेका छन् । घाइते अर्घाखाँची अजुरी–४ की ४९ वर्षीया सरिता न्यौपाने र उनका छोरा केशरमणि न्यौपाने कुरिनघाटको मनोकामना पोलिक्लिनिकमा अहिलेसम्म अलपत्र अवस्थामा छन् । उद्धारमा पुगेका एम्बुलेन्सले ठाउँ नभएको भन्दै छाडि एिपछि दुर्घटनाका दुई घाइते अलपत्र परेका हुन् ।

अर्का अलपत्र घाइते ध्रुव दोमासेको परिवारले आफ्नै खर्चमा हेलिकप्टर मगाएर बिरामी काठमाडौंको ग्रान्डी अस्पताल पु¥याएको छ । उक्त हेलिकप्टरमा घाइते निशा थापा पनि पठाइएको जनाएको छ । उद्धार गर्नुअघि उनीहरु पनि कुरिनघाटको मनकामना पोलिक्लिनिकमा थिए । उक्त दुर्घटनामा घाइते भएकाको समयमै उद्धार गरी उपचार नहुँदा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाण्डौंबाट २८ जना यात्रुको चलानी लिएर हिंडेको लु २ ख २९१ नम्बरको बस बुधबार त्रिशुलीमा खस्दा मृतकको संख्या ८ पुगेको छ । २४ जना घाइते छन् ।

मृतक ८ मध्ये २ जनाको मात्रै सनाखत भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा देवदह–१०, गोदाहका दिपक पाण्डे र पवन महत छन् ।
अर्को दिशाबाट आएको बा ६ ख ४९७२ को ट्रकसँग ठोक्किएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ । दुर्घटनापछि नदीमा बेपत्ता बस सशस्त्र प्रहरीको गोताखोरले २५ फिट गहिराईमा भेट्टाएको छ । सशस्त्रको विपत व्यवस्थापन टोलीका गोताखोरले चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट खसेको बसलाई क्रेन लगाएर निकाल्ने तयारी गरिरहेको छ । घाइतेका आफन्तहरुले सरकारले दुर्घटनामा परेका नागरिकलाई वेवास्ता गरेको गुनासो गरेका छन् ।

प्रकाशित : 29 November, 2017

प्रतिक्रिया दिनुहोस्