वाम गठबन्धनका उम्मेद्वारको गाडीमा आगजनी
सहयात्रा टिभी
धनगढी । धनगढीमा एक वाम गठबन्धनको निजी गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । धनगढीको कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेद्वार रतन थापाको गाडीमा आगजनी गरिएको हो ।
वाम गठबन्धनका साझा उम्मेद्वार थापाको लम्की चुहा नगरपालिकास्थित घर पछाडि राखिएको बा १६ च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार, आगजनीबाट जीपको अगाडिको भाग जलेको छ । प्रहरीले आगजनी गर्ने व्यक्तिको खोजीकार्य भइरहेको घिमिरेले जनाएका छन् ।