विद्रोहीलाई निशाना बनाउँदै फिलिपिनो सरकार, १५ जना मारिए

सहयात्रा टिभी

फिलिपिन्स । फिलिपिन्समा विद्रोह गरिरहेको कम्युनिष्टसँगको वार्ता प्रक्रिया असफल भएपछि फिलिपिनो सरकार उनीहरुमाथि दमनको रणनीतिमा उत्रिएको छ ।

पछिल्लो समय विद्रोहीलाई वार्ताको माध्यमबाट शान्तिपूर्ण राजनीतिमा फर्काउनेयोजना असफल भएपछि यहाँको सरकारको निशानामा विद्रोही कम्युनिष्टहरु पर्न थालेका छन् । बुधबार मात्रै १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही लडाकू मारिएको फिलिपिन्सको सेनाले जनाएको छ । मारिएकामध्ये ६ जना महिला छन् ।

रोड्रिगो दुतेर्तेले विद्रोहीसँगको शान्ति वार्ता स्थगित गरेको केही दिनपछि नै उनीहरु मारिएका हुन् । दुतेर्तेले गत हप्ता विद्रोहीसँगको शान्ति वार्ता स्थगित गरेका थिए । मृत्यु भएका महिलामध्ये एक जना विश्व विद्यालयको विद्यार्थी समेत भएको बताइएको छ भने घटनामा अरू पाँच जना घाइते भएका छन् । फिलिपिन्समा सन् १९६८ देखि कम्युनिष्ट पार्टीले विद्रोह गरेर लडिरहेको छ । पूँजीवादी प्रणालीका विरुद्धमा भन्दै कम्युनिष्ट पार्टीले विद्रोह गरेको बताएको छ ।

प्रकाशित : 30 November, 2017

प्रतिक्रिया दिनुहोस्