सत्तारुढ दलकै केन्द्रीय नेतृत्वले कोशी आन्दोलनलाई उक्साइरहेको कार्कीको आरोप

सहयात्रा टिभी

काठमाडौं । असोज ८, कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् ।

 

 

 

सोमबार गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने काम केही राजनीतिक दलको केन्द्रीय नेतृत्वबाटै भएको आरोप लगाएका हुन् ।

प्रदेशसभाले राखेको नामको विपक्षमा केन्द्र सरकारका मन्त्री र सत्तारुढ दलका नेताहरुले अभिव्यक्ति दिएको र त्यसले आन्दोलनमा आगोमा घिउ थप्ने काम गरेको उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले प्रश्न गरे, ‘कुनै अमुक राजनीतिक पार्टीले केन्द्रमा बसेर यहाँ (कोशीमा) संवैधानिक, कानुनी प्रक्रिया पूरा भएको नामलाई गलत भयो भनिदियो भने के हुन्छ ? (नामकरण गर्दा) संविधान मिचिएको हो कि होइन ? कानुन मिचिएको हो कि होइन ?’

पहिचानको आन्दोलनको नाममा नेकपा एमाले प्रति मात्र लक्षित गरिएको मुख्यमन्त्री कार्कीले बताए ।

कोशीमा सामाजिक सद्भाव भड्किन नदिन प्रमुख राजनीतिक दलको केन्द्रीय नेतृत्व र प्रदेश नेतृत्वले सामूहिक प्रतिवद्धता जनाउनुपर्ने उनले बताए ।

 

प्रकाशित : 25 September, 2023

प्रतिक्रिया दिनुहोस्