दाङमा बस दुर्घटना हुँदा २० जना घाइते

सहयात्रा टिभी

दाङ । असोज ९, दाङमा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०३६२ नम्बरको रात्रि बस आज बिहान ६ बजेतिर पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका– ९ शिवखोलामा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ। घाइतेलाई उपचारका लागि लमही अस्पतालमा पठाइएको छ । बसमा ४० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

प्रकाशित : 26 September, 2023

प्रतिक्रिया दिनुहोस्