समिट एयरले अलपत्र पारिएका डाक्टरलाई ल्याउन नेपाल एयरलाइन्स पठाउने घोषणा

सहयात्रा टिभी

काठमाडौं । असोज ९, कर्णालीमा कार्यक्रम गरेर फर्किने क्रममा मुगुको ताल्चा विमानस्थलमा अलपत्र पारिएका १६ जना चिकित्सकलाई ल्याउन नेपाल एअरलाइन्सको जहाज पठाइएको छ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले तत्काल जहाज पठाउने व्यवस्था गरिएको बताएका छन्।

मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउने जहाजका यात्रु र जहाज कम्पनीबीचको विवादका कारण १६ जना यात्रुले एक साथ यात्रा रद्द गरेका छन् ।

समिटमा आउन नसकेका यात्रुलाई लिन नेपाल एयरलाइन्सको जहाज पठाउने घोषणा फेसबुकमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गरेका छन् ।

माओवादी केन्द्रका नेता मातृका यादव, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीका लागि सोमबार भीआईपी टिकट काटिएको थियो ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरू उक्त जहाजबाट नेपालगञ्ज फर्किने भएपछि चिकित्सक रोकिएका हुन्।

 

प्रकाशित : 26 September, 2023

प्रतिक्रिया दिनुहोस्