फिल्म ‘उपहार’को छायांकनमा लागेकी रेखा आमा बन्दै

सहयात्रा टिभी

काठमाडौं । अभिनेत्री रेखा थापाले पहिलो सन्तानलाई जन्म दिंदैछिन् ।

 

गत वर्ष प्रेमी बलराम शाहीसँग विवाह गरेकी उनी आमा बन्न लागेकी हुन् । आगामी फागुन-चैतलाई चिकित्सकले डेलिभरी डेट तोकेका छन् ।

अहिले रेखाको गर्भमा चार महिनाको शिशु हुर्किरहेको छ ।

गर्भवती भए पनि रेखा अहिले होम प्रोडक्सन फिल्म ‘उपहार’को छायांकन धमाधम गरिरहेकी छन् ।

निर्देशक ज्ञानेन्द्र देउजाले गर्भवती रेखाको एक्सन दृश्यको छायांकन गरिरहेका छन् । सोही कारण रेखाले रातदिन नभनी फिल्म छायांकनमा समय दिइरहेकी छन् ।

चिकित्सकले फागुन–चैतलाई डेलिभरी डेट दिएको र वैशाखमा उनको नयाँ फिल्म ‘उपहार’ पनि रिलिज हुँदैछ ।

रेखाले सोमबार फेसबुकमा श्रीमानसँगको एक तस्वीर सेयर गर्दै ‘भविष्य पनि गज्जबको उपहार हो, जो आउँदा नआउँदै हामीलाई किस्ता किस्तामा पठाइदिन्छ,’ लेखेकी छन् ।

 

प्रकाशित : 26 September, 2023

प्रतिक्रिया दिनुहोस्