एमालेको कर्णालीप्रदेशको प्रथम अधिवेशनको बन्द सत्र आज

सहयात्रा टिभी

काठमाडौँ । असोज ११, नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको बन्द सत्र आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।

बुधबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा उद्घाटन भएको अधिवेशनको बन्द सत्र आजबिहान ८ बजेदेखि नै सुरु गर्ने तय भए पनि कार्ड छपाइमा ढिलो हुँदा पछि सारिएको प्रचार विभाग प्रमुख सूर्यमणी गौतमले जानकारी दिए ।

उनका अनुसार बन्द सत्रमा महासचिव शङ्कर पोखरेलले अधिवेशनको विषयमा सम्बोधन गर्नेछन् ।

अधिवेशनको बन्द सत्रमा अध्यक्ष विनोदकुमार शाहले राजनीतिक र सचिव टेकराज पछाईले संगठनात्मक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको  छ । त्यसपश्चात् ती प्रतिवेदनहरूमा छलफल चल्ने र निर्वाचनको प्रक्रिया भोलि बिहानबाट सुरु हुँनेछ ।

 

 

प्रकाशित : 28 September, 2023

प्रतिक्रिया दिनुहोस्