इन्द्रजात्रा हेर्न राष्ट्रपतिसहित भीआईपी हिँडेरै वसन्तपुरमा

सहयात्रा टिभी

काठमाडौँ । असोज ११, राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रा हेर्न वसन्तपुर पुग्नुभएको छ । उहाँ आज बिहीवार न्युरोडको जुद्धशम्शेरको शालिकदेखि हिँडेर वसन्तपुर पुग्नुभएको हो ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी मनाइने इन्द्रजात्रा राष्ट्रपतिले हेर्ने चलन छ । राष्ट्रपतिलाई काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले स्वागत गर्नुभएको थियो ।

इन्द्रजात्रा हेर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत वसन्तपुर पुग्नुभएको छ ।

काठमाण्डौ महानगरले सम्पदा क्षेत्रमा गाडी प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै राष्ट्रपतिसहित अन्य उच्च पदस्थ व्यक्ति जुद्ध शालिकदेखि हिँडेरै वसन्तपुर पुगेका थिए । यसअघि राष्ट्रपतिसहित भीआईपी  गाडी वसन्तपुरसम्मै पुग्ने गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित : 28 September, 2023

प्रतिक्रिया दिनुहोस्