सुन र चाँदीको मूल्यमा गिरावट
सहयात्रा टिभी
काठमाडौँ । असोज ११, बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा १ हजार ४ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जनाएको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार एक सय र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ तोएिको छ ।