शुक्रबारबाट सुरु हुने एमाले कोशी अधिवेशनको तयारी पूरा

काठमाडौँ । असोज ११, विराटनगरमा आयोजना गरिने नेकपा एमालेको पहिलो कोशी प्रदेश अधिवेशनको तयारी पुरा भएको जानकारी प्राप्त भएको छ ।
शुक्रबारबाट सुरु हुने अधिवेशनको तयारी पुरा भएको हो । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको तयारी पुरा भएको प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले बताए । तर प्रतिनिधि छनोटको विवाद भने कायम नै छ । पालिका र जनवर्गीय संगठनबाट ९९७ जना प्रतिनिधि छनोट भएर विराटनगर आइपुगेका छन् ।
५० जना प्रतिनिधिको छनोट बाँकी छ । पार्टी कमिटीले मनोनित गर्ने ५० जना प्रतिनिधि छनोटको टुङ्गो लागिनसकेको उनले बताए । छनोट गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।
मनोनित भए अधिवेशनमा सहभागि हुने प्रतिनिधिको संख्या १०४७ हुनेछ । प्रदेश कमिटीले प्रतिनिधि छनोट गर्दा एक पक्षीय हुने र विवाद हुने देखिएपछि यो प्रकिया रोक्न आग्रह गरिएको एमाले मोरङका एक नेताले बताए ।