जन्मदिनमा पतिसँगको प्रफुल्ल तस्विरमा निरुता सिंह
सहयात्रा टिभी
काठमाडौँ । असोज ११, निरुता सिंहको वैवाहिक जीवन निकै खुसीयाली देखिन्छ ।
भदौ २६ गते मुम्बईका सञ्जीव गुलाटीलाई उनले पतिको रुपमा सामाजिक सञ्जालबाट चिनाएकी थिइन् ।
त्यसयता निरुताले सामाजिक सञ्जालबाट पति सञ्जीवसँगका रोमान्टिक र प्रफुल्ल मुद्राका तस्वीर सार्वजनिक गरिरहेकी छन् । तीज मनाउँदा निरुता रातो कुर्थामा सजिएकी थिइन् भने गुलाटीले नेपाली ढाकाटोपी लगाएका थिए ।
बुधबार पतिसँग जन्मदिन सेलिब्रेट गर्दै निरुताले भिडियो पोस्ट गरेकी छन् । जहाँ यी दुईलाई बर्थडे केक काटेर खुसी मनाउँदै गरेको देख्न सकिन्छ । उक्त भिडियोमा निरुताले केक काटेर पतिलाई चखाएकी छन् । सञ्जीव पनि निरुताको बर्थडेमा खुसी देखिएका छन् ।