आज – १२ आश्विन २०८० शुक्रबारको राशिफल

सहयात्रा टिभी

आज – १२ आश्विन २०८० शुक्रबारको राशिफल

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तान पक्षको मायामा कमी आउनसक्छ ।

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा) आज उन्नति प्रगतिको वातावरण बन्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । शेयर बजार र पेसाव्यवसायका क्षेत्रमा फाइदा पनि हुनेछ ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफन्तसँग मनमुटाव बढ्ला । सामान हराउन सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सचेत रहनु होला ।

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा) जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

बृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि पाइनेछ ।

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

बृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित : 29 September, 2023

प्रतिक्रिया दिनुहोस्