स्पेनको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

सहयात्रा टिभी

म्याड्रिड । असोज १५, स्पेनको दक्षिणपूर्वी शहर मर्सिया सहरमा रहेका तीन नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

ला फोन्डा भनेर चिनिने फोन्डा मिलाग्रोस नाइटक्लबमा आइतबार बिहान आगलागी भएको थियो । त्यसपछि यो छिमेकी क्लबहरूमा फैलिएको थियो ।

स्थानीय सञ्चारमाध्यमले मृतकमध्ये जन्मदिन मनाउने परिवारका सदस्यसमेत रहेको जनाएका छन् । प्रहरीका अनुसार मृत्यु भएका सबै ला फोन्डाका छन् । घटनामा १४ जना बेपत्ता भएको बताइएको छ । जसका कारण मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

आगलागी भएको क्लब मर्सियाको एटालायस क्षेत्रमा अवस्थित छ । राष्ट्रिय प्रहरीका डिएगो सेरलले आगलागी पछि क्लबको छत भत्किएको थियो । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित : 2 October, 2023

प्रतिक्रिया दिनुहोस्