आज मंगलबार फेरि नेप्से घट्यो
सहयात्रा टिभी
काठमाडौं । असोज १६, आज मंगलबार फेरि सेयर बजार परिसूचक नेप्से घटेको छ ।
गत बिहीबार र यो साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक लगातार दुई दिन गिरावट भए पनि सोमबार सामान्य सुधार भएको थियो ।
गत सातादेखि चलेको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा बढाउन समाचारले केही दिन घट्न रोकिएको बजार फेरि घट्न थालेको हो ।
राष्ट्र बैंकले उक्त सीमामा पुनरावलोकन गर्न ढिला गर्दा लगानीकर्ताको निराश बनेका छन् । लगानीकर्तामा निराशा बढ्दा नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
मंगलबार बजार परिसूचक नेप्से १७.५६ अंकले गिरावट भएर १९५८.७२ को बिन्दुमा बन्द भएको छ । जुन सोमबारको भन्दा ०.८८ प्रतिशतले गिरावट भएको हो ।
मंगलबार नेप्सेमा कुल २३३ सुचिकृत कम्पनीको सेयर कारोबार भएका छन् ।