एक पुरुषसँग लजमा बस्दै आएकी महिला मृत्त फेला

सहयात्रा टिभी

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको सिम्रिक लजमा एक महिला मृत भेटिएकी छिन् । बाग्मती नगरपालिका–४ घर भई हाल काठमाण्डौं, टोखा बस्ने ३२ वर्षीया कल्पना श्रेष्ठ (सुवेदी) आइतबार बिहान लजको कोठा नं २०५ मा मृत अवस्थामा भेटिएकी हुन् ।

उनी तीन दिनदेखि सोही लजमा २४ वर्षका एक पुरुषलाई श्रीमान भनेर बस्दै आएको जनाइएको छ । घटनापछि प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको छ । महिलाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

प्रकाशित : 3 December, 2017

प्रतिक्रिया दिनुहोस्