इरानको जेलमा रहेकी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

सहयात्रा टिभी

काठमाडौँ । असोज १९, यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइएको छ । ५१ वर्षीया नर्गिस अहिले इरानको जेलमा छिन् ।

इरानमा महिलाहरुमाथि हुने दमनविरुद्ध संघर्ष गरेको र सबैको मानअधिकारको रक्षाका लागि पहल गरेकोमा उनलाई यो पुरस्कार दिने निर्णय गरिएको नोबल पुरस्कार समितिले जनाएको छ ।

नोबेल पुरस्कार समितिले उनलाई ‘फ्रिडर फाइटर’को संज्ञा दिएको छ, र छिट्टै जेलमुक्त गर्ने विश्वास समेत व्यक्त गरेको छ । पुरस्कार आगामी १० डिसेम्बरमा वितरण हुनेछ ।

यदि इरानका अधिकारीहरुले उनलाई रिहा गर्न सही निर्णय लिए भने उनी पुरस्कार वितरण समारोहमा उपस्थित हुने छिन्, जुन हामीले अपेक्षा गरेका छौं’ समितिका प्रमुख बेरिट रिस–एन्डरसनले भने ।

मृत्युदण्डसविरुद्ध अभियान चलाएकी उनलाई इरानको सत्ताले १३ पटकसम्म पक्राउ गरिसकेको छ । ५ पटक दोषी ठह¥याइएकी उनलाई ३१ वर्ष जेल सजाय र १५४ पटक कोर्रा हान्ने आदेश भएको छ ।

 

प्रकाशित : 6 October, 2023

प्रतिक्रिया दिनुहोस्