४५ जिल्लाका विद्यालय विदा

सहयात्रा टिभी

काठमाण्डौं । दोस्रो चरणको चुनाव हुन लागेका ४५ जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु आज (सोमबार) बाट बन्द भएका छन् । निर्वाचन आयोगको आग्रहमा सरकारले आजबाट मंसिर २१ गतेसम्म विद्यालयहरुमा विदा दिएको हो ।

अधिकांश स्कुल र कलेजहरुमा चुनावको मतदान केन्द्र तोकिएको छ । धेरैजसो शिक्षकहरुलाई पनि निर्वाचन आयोगले कर्मचारीको रुपमा परिचालन गरेको छ । त्यसैले आयोगको आग्रहमा विद्यालयमा विदा दिने निर्णय सरकारले यसअघि नै गरेको थियो ।

दोस्रो चरणको मतदान हुने दिन मंसिर २१ गते भने ४५ जिल्लाका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ । आज मध्यरातबाट निर्वाचनको मौन अवधि शुरु हुँदैछ । मौन अवधिभर चुनाव प्रचार–प्रसार गर्न वा कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन ।

प्रकाशित : 4 December, 2017

प्रतिक्रिया दिनुहोस्