परराष्ट्रमन्त्री एनपी साउदद्धारा इजरायल आक्रमणलाई लिएर संसदमा सम्बोधन

सहयात्रा टिभी

काठमाडौं । असोज २१, परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टायनी समूह हमासले गरेको इजरायलमा गरेको आक्रमणलाई लिएर संसदमा सम्बोधन गर्ने भएका छन् ।

संसदको बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा विशेष समय लिएर परराष्ट्रमन्त्री साउदले सम्बोधन गर्ने तय भएको स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म आक्रमणमा ९ जना नेपाली घाइते भएको खबर छ । उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर छ ।

इजरायली अधिकारीहरुका अनुसार अहिलेसम्म आक्रमणमा परी मृत्यु हुनेको संख्या २५० पुगेको छ ।

 

 

प्रकाशित : 8 October, 2023

प्रतिक्रिया दिनुहोस्