काठमाडौं महानगरद्धारा सवा २ अर्ब लगानीमा पैदल मार्ग सुधार
सहयात्रा टिभी
काठमाडौं । असोज २१, काठमाडौं महानगरपालिकाले पैदल मार्गलाई यात्रुमैत्री बनाउन २ अर्ब १५ करोड लागनी गर्ने जानकारी प्राप्त भएको छ ।
महानगरले ३२ वटै वडामा गएर तयार गरेको लागत अनुमान अनुसार सबै सडक खण्डमा गरेर सवा दुई अर्ब लगानीमा पैदल मार्ग सुधार गरी व्यवस्थित गर्न लागेको हो ।
पैदल मार्ग सुधारका लागि महानगरले केही स्थानमा सम्झौता समेत गरिसकेको जनाएको छ ।
महानगरको सार्वजनिक निर्माण विभागले पैदल मार्गको संरचना निर्माण तथा सुधारका लागि काम गरिरहेको जनाएको छ ।
फुटपाथ निर्माण र व्यवस्थित गर्न महानगरको सार्वजनिक निर्माण विभागले वडा नम्बर २९ को पुतलीसडक, अनामनगरलगायत क्षेत्रमा काम भइसकेको जनाएको छ ।