परराष्ट्र मन्त्री साउद नेतृत्वको समन्वय संयन्त्रको बैठक जारी

सहयात्रा टिभी

काठमाडौं । असोज २२, इजरायलमा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपालीहरुबारे निर्णय लिन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको समन्वय संयन्त्रको बैठक बसिरहेको छ ।

इजरायलको वस्तुस्थितिको समग्र मूल्यांकन गरी नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उद्धारसमेत गर्ने निर्णय लिने मन्त्री साउदको सचिवालयले जनाएको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवहरुसहितको बैठकले मन्त्री साउदको नेतृत्वमा समन्वय संयन्त्र गठन गरेको थियो ।

सोही बैठकले इजरायलमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन र समस्यामा परेकाहरुलाई उद्धार गर्न पहल सुरु गर्ने निर्णय गरेको थियो । घर फर्किन इच्छुकहरुलाई नेपाल फर्काउने प्रक्रियाका लागि अनलाइन रजिष्ट्रेसन सुरु गर्ने मन्त्रालयले तयारी गरेको छ ।

 

प्रकाशित : 9 October, 2023

प्रतिक्रिया दिनुहोस्