युरोकप २०२८ को संयुक्त अधिराज्य र आयरल्याण्डका ५ देशद्धारा संयुक्त आयोजना
सहयात्रा टिभी
काठमाडौँ । असोज २३, सन् २०२८ को युरो कप फुटबल संयुक्त अधिराज्य र आयरल्याण्डका ५ देशले आयोजना गर्ने भएका छन् ।
विश्वकप आयोजनाका लागि दाबी पेश गरेको टर्कीले आफ्नो प्रस्ताव फिर्ता गरेपछि इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड्स, आयरल्याण्ड र नर्दन आयरल्याण्डको संयुक्त प्रस्ताव निर्विरोध भएको छ ।
उनीहरुलाई संयुक्त आयोजना गर्न दिने घोषणा युरोपेली फुटबल महासंघ यूईएफएले गरेको हो ।
आयोजना अधिकारी पाए लगत्तै आयोजकहरुले सन् २०२८ को युरोकपका लागि दर्शकलाई ३० लाख टिकट उपलब्ध गराउने घोषणा पनि गरेका छन् ।
टर्कीले सन् २०३२ को विश्वकप आयोजनाका लागि इटालीसँग मिलेर संयुक्त दाबी गर्ने भन्दै प्रस्ताव फिर्ता गरेको थियो । यूईएफएले टर्की र इटालीलाई सन् २०३२ को युरोकप आयोजना गर्ने अधिकार पनि दिएको घोषणा गरेको छ ।