देउवालाई भेटेर कोशी प्रदेश सांसद भीम पराजुलीले मागे मुख्यमन्त्री

सहयात्रा टिभी

काठमाडौँ । असोज २३, नेपाली कांग्रेस कोशी प्रदेश सांसद भीम पराजुलीले देउवालाई भेटेर आफूलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन माग गरेका छन् ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको दुई पटकको नियुक्त सर्वोच्च अदालतले बदर गरिदिएको थियो । त्यसपछि मुख्यमन्त्री बनेका नेकपा एमालेका हिक्मत कुमार कार्कीले पनि विश्वासको मत पाउने स्थिति नभएपछि पदबाट राजीनामा दिएका छन् ।

थापा दुई–दुईपटक मुख्यमन्त्री पदबाट हट्नु परेपछि संसदीय दलको नेतामा उनको विकल्प खोज्नुपर्ने आवाज पार्टीभित्र उठेको छ । संस्थापन र इतर समूहले दलको नेताको विकल्पका बारेमा छलफल गरिरहेका बेला पराजुलीले भेटेर आफूलाई मुख्यमन्त्री बनाउन आग्रह गरेका हुन् ।

सभापति देउवालाई भेटेपछि पराजुलीले संसदीय दलको नेताको विकल्प खोज्नु परे दलको तर्फबाट आफूलाई उम्मेदवार बनाउन आग्रह गरेको बताए । दलका नेता थापा र सांसद पराजुली दुवै कृष्णप्रसाद सिटौला पक्षका हुन् ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ८ जनाको हस्ताक्षर जुटाए बहुमतको सरकार बनाउनका लागि सहयोग गर्ने आश्वासन दिएका थिए । प्रदेशमा कांग्रेस संस्थापन इतर समूहका ९ जना सांसद छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । उपधारा ५ अनुसार गठन आह्वान भएको सरकारमा दाबी पेश गर्नका लागि ४७ जना सांसदको हस्ताक्षर नै चाहिन्छ ।

प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक सांसद छन् ।

प्रकाशित : 11 October, 2023

प्रतिक्रिया दिनुहोस्