विवाह बन्धनमा बाँधिए अभिनेता राजवल्लव कोइराला

सहयात्रा टिभी

काठमाण्डौ । नेपाली चलचित्रका चर्चित अभिनेता राजबल्लभ कोइराला वैवाहिक बन्धनमा बाँधिएका छन् । अमेरिकाको वासिङ्टन डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा उनी आइतबार वैवाहिक जीवनमा बाँधिएका हुन । केहि महिना अगाडि अमेरिकामै आफ्नी प्रेमिका प्रतिमा बिमलीसँग आफ्ना निकट दुई परिवारका केही सदस्यका साथै केही आफ्ना चलचित्र क्षेत्रका साथीहरूबीच इन्गेजमेन्ट गरेका थिए ।

कोइरालाले आइतबार त्यो दिनको बाचा पूरा गर्दै आफ्नी प्रेमिका बिमलीसँग विवाह गरेका हुन् । उनीहरु लामो समयदेखि एक अर्काको प्रेममा थिए । राजवल्लभकी प्रेमिका अर्थात बेहुली जीवचिकित्सा अभियन्ता अर्थात बायोमेडिकल इन्जिनियर हुन् ।

वैवाहिक कार्यक्रममा अभिनेता राजबल्लभ कोइराला र बिमलीका परिवारका सदस्य, निकट आफन्त, नातेदार, शुभचिन्तक, कलाकार र साहित्यकारहरुको उपस्थिति थियो । अभिनेता राजबल्लभ कोइरालाको फिल्मी करिअर ओरालो लागेपछि उनी अमेरिका भासिएका थिए । अमेरिका हुँदा केहि हलिउड चलचित्रहरुमा अभिनय गर्ने अवसर पाए पनि खासै उपलब्धी पाएनन् ।

प्रकाशित : 4 December, 2017

प्रतिक्रिया दिनुहोस्