प्रधानमन्त्री प्रचण्डद्धारा अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र तयारी

काठमाडौँ । असोज २५, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयारी रहेको जानकारी प्राप्त भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सुधारका लागि मेजर अप्रेसन गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । सरकारले आगामी वर्षको नीति निर्माणमा छलफल सुरु गरेको भन्दै निजी क्षेत्रले सुरु गरेको बहसले थप मद्दत मिल्ने बताए ।