एमाले मधेशको पदाधिकारी अध्यक्षमा चण्डेश्वर मण्डल सर्वसम्मत चयन

सहयात्रा टिभी

काठमाडौं । असोज २६, नेकपा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएको जानकारी प्राप्त भएको छ ।

अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका छन् । मण्डल सिराहाका जिल्ला अध्यक्ष हुन् ।

उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट ) र मोहम्मद कैस (धनुषा) चयन भएका छन् ।

अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको एमालेका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।निर्वाचन प्रक्रियाले उनीहरूको नाम अनुमोदन गर्ने उनको भनाइ छ ।

जनकपुरधाममा बुधबारदेखि जारी एमालेको प्रथम अधिवेशनमा बिहीबार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कसरतपछि पदाधिकारीमा सहमति जुटेको हो । यो सहमतिमा अध्यक्ष केपी शर्मा ओलीले पनि सहमत जनाएको नेताहरूले बताएका छन् ।

 

प्रकाशित : 13 October, 2023

प्रतिक्रिया दिनुहोस्