आइतवारदेखि देशभरबाट बाहिरियो मनसुन
सहयात्रा टिभी
काठमाडौं । असोज २८, यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको जानकारी प्राप्त भएको छ ।
असोज १९ गते पश्चिम नेपालबाट बाहिरिन थालेको मनसुन आज आइतवारदेखि देशभरबाट बाहिरिएको मौसम पूर्वानुमान माहाशाखाले विशेष बुलेटिनमार्फत जानकारी गराएको छ ।
यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी गएको जेठ ३१ गते भित्रिएको थियो । नेपालमा एक सय २४ दिन रहेर मनसुन बाहिरिने सरदर मितिभन्दा १३ दिन ढिला गरी बाहिरिएको हो । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो ।
नेपालमा यस वर्ष मनसुन अवधिमा ८८ दशमलव ५ प्रतिशत वर्षा भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिनुभयो ।