मन्त्री साउदद्धारा विपीन जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

सहयात्रा टिभी

काठमाडौं । असोज २८, परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा जारी युद्धमा वेपत्ता रहेका नेपाली विद्यार्थी विपीन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोगहरुलाई आग्रह गरेका छन् ।

आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले वेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेका हुन् ।

कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार विपीन आक्रमणकारी हमास समूहको कब्जामा रहेको हुनसक्ने बताए ।

प्रत्यक्षदर्शी विद्यार्थीले देखेअनुसार त्यसपछि केही थाइल्यान्डका विद्यार्थीसँग विपीनलाई पनि अपहरण गरेको लगेको जानकारी आएको उनले बताए ।

 

 

 

प्रकाशित : 15 October, 2023

प्रतिक्रिया दिनुहोस्